नेपालमा कोरोना नियन्त्रण उन्मु्ख, आज २९६ जनामा कोरोना देखियो

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ५५


नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रण उन्मुख देखिएको छ। गएको २४ घण्टामा यहाँ २९६ जनामा मात्र कोरोना भाइरस देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा ३६९ जना संक्रमणमुक्त भएका छन्।

सोही अवधिमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्