एमसीसी के हुन्छ? अमेरिकी सहायक विदेशमन्त्रीको प्रश्नमा ओलीको यस्तो जवाफ…

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ३ : ५७


काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटघाट भएको थियो।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार भएको भेटमा लूले ओलीलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीबारे जिज्ञासा राखेका थिए।

नेपालका जनताले एमसीसीको विरोध गरिरहेका छन्। यसबीचमा उनले प्रतिपक्षी नेता ओलीसँग एमसीसी के हुन्छ? भनेर प्रश्न राखेका हुन्। त्यसबेला ओलीसँगै रहेका नेता राजन भट्टराई भन्छन्‘जवाफमा अध्यक्ष ओलीले एमसीसीबारे सरकारले आफ्नो दलसँग अहिलेसम्म कुनै परामर्श नगरेको भन्दै यसबारे ठोस धारणा नबनाएको बताए।’

भट्टराईले भने, ‘सत्तासिन गठबन्धनलाई अहिले हाम्रो आवश्यकता नभएको पनि हुन सक्छ। सरकारसँग सामान्य बहुमत छ। तसर्थ सरकारले चाहँदा त्यो पास हुने कुरा होला । त्यसैले पनि हामीसँग एमसीसीबारे छलफल नगरेको हुन सक्छ।’


प्रतिक्रिया दिनुहोस्