नेकपाद्वारा ७ प्रदेश प्रमुखको नाम सिफारिस (सूचीसहित)

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ वटा प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुंगो लगाएको हो । 

सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेशवर लाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णालीका दुर्गा केशर खनाल र सुदूरपश्चिमका मोहनराज मल्ललाई प्रदेश प्रमुखको पदबाट बर्खास्त गर्नुभएको थियो।

हेर्नुहोस् सिफारिस गरिएका नाम

बिष्णु प्रसाईं- झापा
धर्मनाथ यादव- सिरहा
अमिक शेरचन-चितवन
सोमनाथ प्यासी- कास्की
तिलक परियार-बाँके
शर्मिला त्रिपाठि- काठमाडौँ
गोविन्द कलौनी-डडेल्धुरा


प्रतिक्रिया दिनुहोस्