मिलन अमात्यलाई कसले लुट्यो ?

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । गायिका मिलन अमात्यको मोबाइल लगायत महत्वपूर्ण सामग्री लुटिएको उनले जानकारी दिएकी छिन । मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको उनले बताएकी हुन् । गत विहीबार उनी घर फर्किदै गर्दा आफू लुटिएको फेसबुक मार्फत जानकारी दिएकी हुन ।  

काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक जनाले मोबाइलसँगै ब्याग लुटेको र ब्यागभित्र लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत्वपूर्ण सामग्री रहेको उनले बताएकी छिन् । उनले लाईसेन्स र ब्लु बुक कसैले भेट्नु भएमा आफूलाई फेसबुकमा म्यासेज गर्नुहुन वा नजिकको प्रहरीमा बुझाइदिन अनुरोध गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्