रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा: पुटिन

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ३५


रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको छ।

दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भन्नुभयो-‘हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं।’

उहाँले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताउनुभयो।

राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले ‘खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेकोू समेत टिप्पणी गर्नुभएको छ।

‘हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौं’,उहाँले भन्नुभयो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्