डिभी भर्ने अन्तिम म्याद भोलिसम्म मात्रै

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ०७


काठमाडौं । अमेरिकाका लागि डिभी भर्ने अन्तिम म्याद भोलि रहेको छ । एक महिना अघिदेखि खुलेको अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को सन् २०२१को आवेदनको म्याद भोलि नोभेम्बर ५ को राति १०ः४५ बजेबाट सकिने भएको हो ।

अमेरिकी दूतावासले अमेरिकी विदेश मन्त्रालयको वेवसाइटमा गएर सोझै आफैंले डिभी भर्न सकिने जनाउँदै निःशुल्क रुपमा आवेदन दिन सकिने र कन्सल्टेन्सीमा जानु जरुरी नरहेको भन्दै सूचित गरेको छ । यसपालि आवेदनका लागि राहदानी पनि अनिवार्य चाहिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्