सर्वोच्च अदालतमा वकिल प्रहरीको घेरामा

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : ३२


काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ।

तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन्। बारको आन्दोलनलाई सर्वोच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन्।

गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन्। तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्