सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएपछि साझा पार्टीले निकाल्यो यस्तो विज्ञप्ति

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ०९


काठमाडौँ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई विना कारण पदमुक्त गरेकोप्रति साझा पार्टीले ध्यानाकर्षण जनाएको छ। 

आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले सरकारको पछिल्लो कदम संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण भएको टिप्पणी गरेको छ। 

‘पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली काँग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो,’ पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै  

प्रेस विज्ञप्ति:
प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको बारे

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।

पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो।

सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर-राजनीतिक कदम पनि हो। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन।

दुई-तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
मिति: १८ कार्तिक २०७६


प्रतिक्रिया दिनुहोस्