विप्लव निकट संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्यबृद्धिविरुद्ध थप संघर्षको घोषणा

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : ०३


नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध थप संघर्षका कार्यक्रमहरू घोषणा गरेका छन्।

जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुमा सरकारले पटकपटक गरेको मुल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै जनवर्गीय संगठनहरुले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गरी थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

घोषित संघर्षका कार्यक्रमअनुसार मंसिर ३ गते नेपाल आयल निगममा ज्ञापन पत्र पेश गर्ने, मंसिर ५ गते उद्योग आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र पेश गर्ने र मंसिर ६ गते नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम रहेको छ।

विप्लव नेकपाले हालै इन्धनमा गरिएको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको घोषणा गरेको थियो। महासचिव विप्लवले मूल्यवृद्धि फिर्ता नहुन्जेल संघर्ष जारी राख्दे बताएका छन्।


प्रतिक्रिया दिनुहोस्