ज्ञानेन्द्र शाहीमाथि आक्रमणको आरोपमा एक व्यक्ति पक्राउ

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


चितवन । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो। 

गत असोज ११ गते भरतपुरको चौविसकोठी नजिक माइक्रोबसमा सवार शाहीमाथि अज्ञात समुहले आक्रमण गरेको थियो। 

चितवन प्रहरीले घटनामा संलग्न भएको भन्दै भरतपुर-११ बाट अबिरल पोखरेललाई पक्राउ गरेको हो। आक्रमण गर्ने अन्यको खोजी भइरहेको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्