कास्कीबाट विद्या भट्टराईदेखि राजीव पहारी बने महाधिवेशन प्रतिनिधि

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : ०४


पोखरा। नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि कास्कीबाट ३१ जना प्रतिनिधि छानिएका छन्। छानिएका प्रतिनिधि १०/१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन्।

खुलातर्फ २१ जना महाधिवेशन प्रतिनिधि छानिएका छन्। जसमा दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य,आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल र दीपक पौडेल रहेका छन्।

त्यस्तै, विष्णुबहादुर केसी, जगन्नाथ बास्तोला, पुष्पज्योति ढुंगाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौडेल, वेदबहादुर गुरुङ, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर पनि खुलाबाटै महाधिवेशन प्रतिनिधि बनेका छन्।

महिला कोटामा विद्या भट्टराई, प्रभा कोइराला,मन्जु गुरुङ, शोभाबराल पहारी,सुशीला पराजुली र सन्तुदेवी सुवेदी प्रतिनिधि चुनिएका छन्।

दलिततर्फ धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा चयन भएका छन्।


प्रतिक्रिया दिनुहोस्