यी पाँच प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : १४


अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ। जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ।

बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्