आज मंसिर ३ गते, थाहा पाउनुहोस् तपाईँको राशिफल

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ५६


आजको पात्रो: आज ३ मंसिर, शुक्रबार। तद्अनुसार १९ नोभेम्बर। कात्तिक शुक्लपक्ष पूर्णिमा तिथि। आज चन्द्रग्रहण भनिए पनि नेपालमा कुनै ग्रहण छैन, प्रभाव पर्ने छैन । भारतका केही स्थानबाट ग्रहण देखिने भए पनि त्यसको कुनै दोष लाग्दैन। ग्रहण बार्नुपर्ने कुनै आधार छैन।

आज सूर्योदय बिहान ६ः२९ मा हुनेछ भने सूर्यास्त १७ः८ मिनेटमा हुनेछ । चन्द्रमा मेष राशिमा रहेको छ । कृत्तिका नक्षत्र परिध योग रहेको छ । देवता विश्वकर्मा र ग्रहदेव शनि रहेको छ । पूर्णिमा तिथि भएकाले आजको दिन आरधना गर्नेको संकल्प पूरा हुनेछन भन्ने मान्यता छ।

आजदेखि चतुर्मासव्रतको पनि समाप्ति हुनेछ । साउन शुल्कपक्षपूर्णिदेखि कार्तिक शुक्लपक्ष पूर्णिमासम्मको समयलाई चातुर्मास भनिन्छ । यो चार महिना विशेष पूजा आरधना गर्ने गरिन्छ ।

आजको राशिफल:

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ): चन्द्रमाको साथ भएकाले रोजगारीको क्षेत्रमा तपाईँलाई नयाँ सफलता हात लाग्नेछ। शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ। विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । पूर्णिमा तिथि र चन्द्रमाको साथ दुवै भएकोले सोचअनुसार काम हुनेछ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो): व्यापारमा अर्थलाभ हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ। सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह): आजको दिन परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो): आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो) : तपाईकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) : धनु राशि भएका जातका लागि पनि ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) : विगतमा तपाईँले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईँलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची) : आजको दिन मनमा प्रसन्नता छाउने छ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । पूर्णिका तिथि भएका कारण आजको दिन सोचअनुसारको कर्म गर्दा सफलता प्राप्त हुनेछ।


प्रतिक्रिया दिनुहोस्