कोरोनाका कारण दुई जनाको मृत्यु

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १० : ०४


गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का ६४ वर्षीय पुरुष र मुस्ताङको थासाङ गाउँपालिका–२ का ९१ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०७ पुगेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार प्रदेशमा २७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने १८ जना सङ्क्रमित थपिएका छन्।

थपिनेमा कास्कीका आठ, तनहुँ र लमजुङका तीन÷तीन, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई, मनाङ र मुस्ताङका एक÷एक जना रहेको निर्देशनालयले जनाएको छ।

प्रदेशमा सक्रिय सङ्क्रमित २८१ र होम आइसोलेसनमा २३७ जना रहेका छन्। रासस


प्रतिक्रिया दिनुहोस्