प्रधानमन्त्री कार्यालयले दियो नवनियुक्त त्रिवि उपकुलपति बास्कोटालाई पत्र

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : २१


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका प्राडा धर्मकान्त बास्कोटाले नियुक्त पत्र लिएका छन्। 

आज बिहान प्रधानमन्त्री कार्यालय, सिंहदरवारमा पुगेर उनले नियुक्ति पत्र बुझेका हुन्। 

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आइतबार बास्कोटालाई उपकुलपतिमा नियुक्त गरेका थिए।

सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले सिफारिस गरेका तीनजनामध्ये बास्कोटा नियुक्त भएका हुन्। उनीसँगै उपकुलपतिमा डा कोइराला र प्राडा चन्द्रमणि पौडेलको नाम पनि सिफारिस भएको थियो ।

बास्कोटा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । 
 


प्रतिक्रिया दिनुहोस्