यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : ४१


काठमाडौं। सरकारले तीन जना डाक्टरलाई १२औं हतमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा.श्यामसुन्दर यादव, डा भीमसिंह तिंकरी र डा.गुणराज लोहनीलाई १२ औं तहमा बढुवा गर्ने निर्णय गरेको छ।

यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो। बढुवा समितिले १२औं तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए।


प्रतिक्रिया दिनुहोस्