योगगुरु रामदेव प्रचण्ड निवासमा

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : ११


काठमाडौं। नेपाल भ्रमणमा आएका भारतीय योगगुरु बाबा रामदेव नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेका छन।

नेपाल आएपछि बाबा रामदेव रआचार्य बालकृष्णले बिहिबार साँझ खुमलटार निवासमा प्रचण्ड संग भेट गरेको उनको सचिवालयले जनाएको छ।

यसै क्रममा उनले दाहाल पत्नी सिता दाहालसँग पनि भेट गरि स्वास्थ्य लाभको कामना पनि गरेका छन।

प्रचण्डको निजी सचिवालयका अनुसार दुवै योग गुरु र प्रचण्डबीच समसामयिक विषयमा संवादसमेत भएको थियो।

रामदेव र बालकृष्ण योग अध्यात्म सम्बन्धी टेलिभिजन उद्घाटनका लागि नेपाल आएका हुन्।

उनीहरू आजै अपराह्न काठमाडौं आएका हुन् । उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायतलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।

तीन दिने नेपाल भ्रमणमा आएका योग गुरू बाबा रामदेवलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो।

तस्बिर सौजन्य: योग गुरू शान्ता दाहाल


प्रतिक्रिया दिनुहोस्