रोल्पामा बस दुर्घटना: ४ जनाको घटनास्थलमै मृत्यु, ११ घाइते

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ५६


दाङ। रोल्पामा फेरि सवारी दुर्घटना भएको छ। यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ।

बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।

बसमा सवार १८/२० जना सवार रहेको अनुमान गरिएको छ। बस सडकदेखि १०० फिट तल खसेको छ।

विस्तृत विवरण आउन बाँकी छ।

 


प्रतिक्रिया दिनुहोस्