डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न समिति गठन

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैँकले डेपुटी गर्भनर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन गरेको छ।

आज बिहान राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालको नेतृत्वमा बसेको बैँकको बोर्ड बैठकले श्रेष्ठमाथि छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको हो।  

छानविन समितिको नेतृत्व बैँक सञ्चालक समितिका सदस्य श्रीराम पौड्यालले गर्ने छन्। 

पौड्यालको नेतृत्वमा बनेको उक्त छानविन समितिमा बैंक सञ्चालकहरु सुवोध कुमार कर्ण र रामजी रेग्मी रहेका छन्।

श्रेष्ठ २०७२ फागुन महिनामा नेपाली कांग्रेसको कोटामा डेपुटी गभर्नर बनेका थिए। श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई सहयोग नगरेको, बैँक, वित्तिय संस्थाहरुको खराब कर्जा लुकाएको लगाएतका आरोप लागेका छन्।


प्रतिक्रिया दिनुहोस्