घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ०८


काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ। 

आज छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्