सीताको अर्धशतकमा कतारलाई नेपालको विशाल योगफल

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ६ : १०


काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तेस्रो टी–ट्वान्टी खेलमा कतारसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेका थियो।

नेपालका लागि ओपनर सीता राना मगरले अविजित ८२ रन बनाइन्। त्यस्तै ज्योती पाण्डेले २४ रन बनाइन् ।

कतारकी बलर साक्षी, अलिसा र एन्जिलन मरेले समान एक विकेट लिइन।

नेपालले यसअघि तीन खेलको शृंखला आफ्नो पक्षमा २–० ले पारिसकेको छ।

नेपाल पहिलो खेलमा मंगलबार ११९ र दोस्रो खेलमा बुधबार ६१ रनले विजयी भएको थियो। कतारविरुद्ध नेपाल तेस्रो खेल जित्दै शृंखला ‘क्लिन स्वीप’ गर्ने योजनामा छ।

नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको छ।


प्रतिक्रिया दिनुहोस्