आलमविरुद्ध आज मुद्दा दायर गरिँदै, जीवनभर जेल राख्न माग

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहम्मद आफ्ताब आलमविरुद्ध आज सोमबार जिल्ला अदालत रौतहटमा मुद्दा दायर हुँदैछ । 

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आलमसहित उनका ११ जना सहयोगीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो।

तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणासहित ३५ जना साक्षी राखेर मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ।

आलम, उनका भाइ महताब, मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा दायर गर्ने तयारी गरिएको रौतहटका सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयो । 

सोमबार मुद्दा दायर भएसँगै मंगलबारदेखि आलमसँग अदालतमा बयान र थुनछेकको बहस सुरु हुनेछ।

२०६४ साल चैत २७ गते निर्वाचनलाई लक्षित गरी रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई आलमले जिउँदै इटाभट्टामा जलाएको आरोप छ।
 


प्रतिक्रिया दिनुहोस्