सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोक्ने निर्णय

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ४ : ४८


काठमाडौं। सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ। बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ।

साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ।

बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ।


प्रतिक्रिया दिनुहोस्