टीपीएस सुविधाको समय थप, नेपालीलाई पनि फाइदा

प्रकाशित मिति : असार २, २०७८ बुधबार


एजेन्सी । २०७२ वैशाख १२ को भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई दिएको टीपीएस सुविधाको समय थपिएको छ ।

अमेरिकामा रहेका नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको कागजातसम्बन्धी सुविधा टेम्प्रोररी प्रोटेक्ट स्टाटस अर्थात् टीपीएस अब सन् २०२१, जनवरीको ४ तारिखसम्म कायम रहने भएको छ ।

सन् २०१५ को भूकम्पपछि तिनका परिवार र नेपालको भूकम्पमा हातेमालो गर्ने उदेश्यले अमेरिकी सरकारले टीपीएस सुविधा उपलब्ध गराएको थियो ।

अमेरिकी सरकारले नेपाललगायत अन्य ६ मुलुकलाई प्रदान गरेको टीपीएस थपिएको हो । जसमा नेपालसहित एल सालभाडोर, हाइटी, होन्डुरस, निकारागुवा र सुडान रहेका छन् । यसअघि सन् २०२० को मार्च २४ तारिखसम्म यस्तो सुविधा पाएको थियो।

सुविधा थपिएसँगै यस्तो स्टाटसमा रहेका नेपालीले सन् २०२१ जनवरीसम्म काम गर्ने कागजात, वर्क परमिट र नेपाल जानआउन पाउने पत्र, ट्राभल डकुमेन्ट प्राप्त गर्नेछन्। यस्तो सुविधा लिने नेपालीको संख्या अमेरिकामा करिब ९ हजार हाराहारी रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्