कतारविरुद्धको शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ३ : १६


नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ।

दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरू हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा हुनेछ।

तीन खेलको शृंखला नेपालले यसअघि नै २-० ले जितिसकेको छ। नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ। पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी शृंखला खेलेको हो। यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ।

विश्वकप छनोट भने २२/२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ।


प्रतिक्रिया दिनुहोस्