१ अर्ब ६६ करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार १ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ। 

राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले ९१ दिने अवधिको १० करोडको र एक वर्ष अवधिको १ अर्ब ५६ करोडको गरी कुल १ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। 

कुल अफर गरिएको मध्ये १५ प्रतिशतमा अप्रतिस्पर्धी बोलकबोलकर्तालाई रिजर्भ गरिएको र छुट आम्दानीमा कर लाग्ने राष्ट्र बैंकको भनाइ छ।

यसअघि पनि यही कात्तिक ७ गते राष्ट्र बैंकले ९१ दिने १० करोडको र ३ सय ६४ दिने २ अर्बको गरी २ अर्ब १० करोडको ट्रेजरी बिक्री गरेको थियो।


प्रतिक्रिया दिनुहोस्