सिन्धुपाल्चोक बस दुर्घटनाः मृतक १७ जनाकै सनाखत

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाण्डौं ।  सिन्धुपाल्चोकको सुकुटेमा आइतबार बस पल्टिँदा मृत्यु भएका १७ जनाकै परिचय खुलेको छ।

दुर्घटनामा दोलखा शैलुुङ ५ का चेतबहादुर बस्नेत, शैलुङ ४ की सलिना तामाङ, दोलखा शैलुङगेश्वरी ३ का शिशन तामाङ र चमेली श्रेष्ठ, शैलुङगेश्वरी ५ का किरण राउत, रत्नकुमारी राउत र रिकेश खड्का, कविता राउत, दोलखा भिमदत्त नगरपालिका ९ की रन्जिता केसी बस्नेतको मृत्यु भएको हो। 

यसैगरी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ की सायरानी श्रेष्ठ, शैलुङगेश्री ४ का दियुन लामा, शैलुङगेश्वरी ३ का निर्मला खड्का र निकेश खड्का, काभ्रको  रोशि गाउँपालिकाकी सजिना, शैलुङगेश्वरी २ की उरमाया मोक्तान, सानु राउत आले र चितवन पटीहानीकी पूजा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरुमध्ये २१ जनाको धुलिखेल, बनेपा र काठमाण्डौमा उपचार भइरहेको छ । २९ जना उपचारपछि घर फर्किएका छन्।  दोलखाबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो ।


प्रतिक्रिया दिनुहोस्