महिला भलिबल टिम आज स्वदेश फर्कँदै

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ४५


काठमाडौं । थाइल्याण्डमा वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेर  नेपाली राष्ट्रिय महिला भलिबल टिम आज  काठमाडौं फर्कँदैछ ।

झन्डै एक महिना थाइल्याण्डमा रहेको नेपाली टिम साँझ ७ः३० बजे नेपाल आईपुग्ने छ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएका थिए ।

नेपाली टिम असोज २९ गते थाइल्याण्ड गएको थियो । नेपालले बैंककमा थाइल्याण्डको राष्ट्रिय टिम, जापानको उमेर समूह, युनिभर्सिटी लगायतका विभिन्न टिमसँग ७ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ४ जित र ३ हार व्यहोरेको थियो ।

अब नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्