जोकोभिकले जिते उपाधि

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ३५


काठमाडौं। विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिकले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई ६–३ र ६–४ ले पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।

यो सँगै जोकोभिकले पाँचौ पटक पेरिस मास्टर्सको उपाधि जित्न सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस्