ट्वेन्टी–ट्वेन्टी क्रिकेटः हार्‍याे पहिलो पटक भारत बंगलादेशसँग

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । बंगलादेशसँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलाको पहिलो खेलमा भारत पराजित भएको छ। दिल्लीमा भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको हो ।

पहिलो पटक भारतलाई ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा हराउने क्रममा बंगलादेशको जितमा मुशफिकर रहीमले शानदार प्रदर्शन गरे । भारतका बलरको प्रदर्शन खराब रह्यो ।

पहिले ब्याटिङ्ग गरेको भारतले ६ विकेटको क्षतिमा १४८ रन बनायो । उसका लागि शिखर धवनले ४१, श्रेयश आय्यरले २२, ऋषव पन्तले २७ रन बनाए ।

१४९ रनको लक्ष्य बंगलादेशले तीन बल बाँकी हुँदा तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि विकेटकिपर ब्याट्सम्यान मुशफिकर रहीमले ४३ बलमा ६० रन बनाए । सौम्य सरकारले ३९ तथा मोहम्मद नईमले २६ रन बनाए ।
तीन खेलको ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्