टी२० क्रिकेटः सूर्यकुमारको अर्धशतकमा भारतले न्युजिल्याण्डलाई हरायो

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : ५३


काठमाडौं। सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टी(२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ। योसँगै घरेलु टोली भारतले तीन टी२० शृंखलामा १–० को अग्रता लिएको छ।

जितका लागि १६५ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। भारतको जितमा सूर्यले ४० बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६२ रन बनाए।

कप्तान रोहित शर्माले ४८ रन बनाउँदा ऋषभ पन्तले १७ रनको योगदान दिए।

न्युजिल्याण्डका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए। टिम साउथी, मिचेल सान्टनर र डर्याल मिचेलले १–१ विकेट लिए।

यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

न्युजिल्यान्डका ओपनर ब्याटर मार्टिन गुप्टिलले सर्वाधिक ७० रन बनाए। मार्क च्यापम्यानले ६३ रनको योगदान दिए।

भारतका बर रविचन्द्रन आश्विन, भुवनेश्वर कुमारले २–२ विकेट लिए। दोस्रो खेल शुक्रबार हुनेछ।


प्रतिक्रिया दिनुहोस्