अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभाव नेपालमा

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : १९


काठमाडौं। अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ। जसकारण बिहीबार बिहानै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी र कर्णालीका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्