दसैँ, तिहारको उपहार वाग्लेलाई, मोटरसाइकल प्रदान

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : २१


काठमाडौँको नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दसैँ तिहार योजनाको विजेता यमुना वाग्ले (काठमाडौँ)ले प्राप्त गर्नुभएको छ ।

कान्तिपुल मल व्यवस्थापनले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालन घटस्थापनादेखि छठ पर्वसम्म सञ्चालन गरेको उपहार योजनामा आज लक्की ड्रमार्फत वाग्ले प्रथम हुनुभएको छ। प्रथम भएसँगै वाग्लेले यामाहा कम्पनीको १५० सिसीको मोटरसाइकल प्राप्त गर्नुभएको छ। लक्की ड्रमार्फत दोस्रो विजेता चितवनको समिर भट्टराई हुनुभएको छ।

दोस्रो भएसँगै भट्टराईले यामाहा कम्पनीको १२५ सिसीको स्कुटर प्राप्त गर्नुभयो । यस्तै, तेस्रो विजेता लमजुङको सरिता अधिकारी हुनुभएको छ। तेस्रो भएसँगै अधिकारीले ४२ इञ्चको टिभी प्राप्त गर्नुभयो। चौथो चन्द्रा खड्का हुनुभएको छ । उहाँले फ्रिज प्राप्त गर्नुभयो।

कान्तिपुर मलमा घटस्थापनदेखि छठसम्म रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान खरिद गर्न आउने ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको उपहार योजनाअन्तर्गत १० जनालाई सान्वना पुरस्कार प्रदान गरिएको छ। सान्वना पुरस्कारमा घडी, रेडियो, आइरन, थर्मसलगायत सामग्री छन्।

लक्की ड्र कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले कान्तिपुर मलले सबै वर्गलाई ग्राहकलाई लक्षित गरेर पसल सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

“धनीदेखि मध्यम वर्ग र न्यून आय भएका ग्राहकलाई लक्षित गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । घटस्थापनादेखि छठसम्म कान्तिपुर मलमा १८ हजार व्यक्तिले सामान खरिद गरेका थिए । दुई दशक पहिले स्थापना भएको कान्तिपुर मलमा २०० भन्दा बढी पसल रहेका छन्। रासस

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्