विदेशी सैनिकसमेत सहभागी प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सम्पन्न

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : २७


नेपाली सेनाले प्रतिविद्रोह तथा जङ्गल युद्धकलासम्बन्धी ज्ञान दिलाउने उद्देश्यअनुरूप अमलेखगञ्जमा सञ्चालित तालिम सम्पन्न भएको छ।

नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा स्वदेशी र विदेशी सैनिक सहभागी रहेको उक्त तालिमको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले अन्तिम प्रवचन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाका २३ अधिकृतसहित ७५ जना तथा अमेरिका, केन्या, बङ्गलादेश, श्रीलङ्का र कोरियाका एक एक सैनिक अधिकृतको सहभागिता रहेको उक्त तालिम गत साउन २४ गतेबाट प्रारम्भ भएको थियो।

सैनिक सेवामा प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिमलाई कठिन र महत्वपूर्ण अभ्यासका रूपमा लिने गरिएको छ। रासस


प्रतिक्रिया दिनुहोस्