सीसँगको छलफलपछि बाइडेनः ताइवान स्वतन्त्र हुने नहुने उसैमा भरपर्छ, हामी कसैलाई उक्साउँदैन्

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : २२


अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवान चीनबाट स्वतन्त्र हुने अथवा नहुने भन्ने विषय ताइवानमै भरपर्ने बताएका छन्।

उनले ताइवानलाई अमेरिकाले चीनबाट अलग्गिन कहिल्यै नउक्स्याएको उल्लेख गरेका हुन्।

मंगलबार चीनका राष्ट्रपति सी चिनफिङसँग छलफल गरेपछि बाइडेनको यस्तो प्रतिक्रिया आएको हो। यसअघि बाइडेनले ताइवानमा चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए।

ताइवानलाई चीनले आफ्नो टापु भएको बताउँछ तर ताइवान आफू फरक राष्ट्र भएको बताउँछ। आफ्नो देशको हिस्सा भएको बताउँदै चीनले ताइवानसँग विश्वका कुनै राष्ट्रले सम्बन्ध नराखोस् भन्ने चाहन्छ।

पछिल्ला दिनहरुमा भने अमेरिकाले ताइवानलाई हतियार बेच्न थालेको छ। ताइवानमा अमेरिकी सेनाहरु पुग्न थालेका छन्। जसकारण चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताइरहेको छ।

ताइवानको विषयमा विवाद बढिरहँदा अमेरिकाले ताइवानको पक्ष लिएको छ। यसबीचमा चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी बाइडेनबीच भर्चुअल रुपमा कुराकानी भएपछि अमेरिका केही लचक देखिएको हो।

बाइडेनले भनेका छन्,‘ताइवान स्वतन्त्र हुने नहुने उसैको निर्णयमा भरपर्छ हामीमा होइन। हामीले कसैको स्वतन्त्रताको लागि उक्साउने काम गरेका छैनौं।’ सीएनएन


प्रतिक्रिया दिनुहोस्