अघिल्लो चुनावमा १० लाख मत किन भएको थियो बदर ? suryaको यस्तो दावी

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : २६


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख suryaले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन चिन्ह एउटै नहुँदा करीव १० लाखको हाराहारीमा मत बदर भएको बताएका छन् । उनले चुनावमा वाम गठबन्धन भएकोमा खुशी भएर सूर्य र गोलाकारभित्र हसियाँ हथौडा दुबैमा मतदान गरेकाले त्यति धेरै मत बदर भएको बताएका छन् ।

उपप्रमुख थापाले उपनिर्वाचनमा भने सूर्य चिन्ह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनाव चिन्ह भइसकेकाले पहिले नेकपाले नै जितेका क्षेत्रहरुमा पुनः जित्नेगरी उम्मेदवारहरुको चयन भएको बताएका छन् । उनले ‘सूर्य चिन्हमा मतदान गर्न जनसमुदायलाई आव्हान गरौं, नेकपाको वर्चश्व र विजय पुनः सुनिश्चित गरौं’ भन्दै उम्मेदवारहरुलाई विजयको अग्रिम शुभकामना दिएका छन् ।

थापाको स्टाटस
‘‘२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सहमति भएको सूर्य चिन्हबाट पछि हटेका कारण १० लाख हाराहारी मत बदर भएको थियो । जनता वाम गठबन्धन भएकोमा खुशी भएर सूर्य र गोलाकारभित्र हसियाँ हथौडा दुबैमा मतदान गरेकाले त्यति धेरै मत बदर भएको धियो ।

पार्टी एकीकरण सम्पूर्ण रूपमा नटुङ्गिको भए पनि अहिलेको उपचुनावमा सूर्य चिन्ह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनाव चिन्ह भइसकेको छ ।

तसर्थः सूर्यध्वजाबाहक उम्मेद्वारहरूका रूपमा विद्या भट्टराई प्रतिनिधिसभा (कास्की २), विमला ओली (प्रदेशसभा, दाङ ३ (ख), देवीप्रसाद ढकाल (प्रदेशसभा, भक्तपुर १ (क) र प्रकाश राई (नगर प्रमुख, धरान उपमहानगरपालिका)मा पार्टी केन्द्रीय सचिवालयले संस्थागत ढंगले निर्णय गरी अघि सारेको छ । साथै, वाम गठबन्धनको स्पिरिटलाई निरन्तरता दिने निर्णय गरेको छ । उल्लिखित क्षेत्रहरू नेकपाले नै जितेको थियो र पुनः जित्ने गरी उम्मेदवार तय गरिएको छ ।
सूर्य चिन्हमा मतदान गर्न जनसमुदायलाई आह्वान गरौ !
नेकपाको वर्चश्व र विजय पुनः सुनिश्चित गरौं !!
कमरेडहरुलाई विजयको अग्रिम शुभकामना ।’’


प्रतिक्रिया दिनुहोस्