सेयर बजारमा १७ अंकको वृद्धि, ७ अर्ब बढीको कारोबार

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : १०


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज करिब १७ अंकको वृद्धि भएको छ।

नेप्से सूचक करिब १७ अंकले बढेर २८०० विन्दु माथि पुगेको छ। यस दिन कारोबार रकम पनि झण्डै साढे ७ अर्ब पुगेको छ।

बुधबार नेप्से सूचक १६.९५ विन्दुले बढेर २८०१.५२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ३.९८ विन्दुले बढेको छ।

यस दिन २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिद बिक्री भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम निकै बढेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

जसमा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै ५.२९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि २.२४ प्रतिशतले बढेको छ।

यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्