विवाहलाई यादगार बनाउन बेहुला–बेहुलीको अनेक नखडा, डोरी चुट्टिएपछि यस्तो भयो…

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ४२


विवाह जीवनको महत्वपूर्ण पाटो हो। जसकारण आफ्नो जीवनको यस अमूल्य समयलाई सम्झन लायक बनाउन मानिसहरु अनेक प्रयास गर्दछन्।

विवाहकै सन्दर्भमा हालै इन्टरनेटमा एउटा भिडिओ निकै भाइरल भइरहेको छ।

सो भिडिओमा देखिएअनुसार त्यहाँ बेहुला बेहुली माथि पिङमा हुन्छन्। उनीहरु फोटोसुट गरिरहेका हुन्छन्।

सामान्य पिङभन्दा सो पिङ माथि हुन्छ। टाढा–टाढाबाट बेहुला–बेहुली देख्न सकिन्छ।

तर एउटा घटनाका कारण सो विवाह अझ रोमान्चक ढंगबाट सम्झन लायक बन्यो। सो पिङको डोरी चुट्टिएपछि बेहुला र बेहुली दुवै लड्दछन्।

मानिसहरुले यतिबेला सामाजिक संजालमा यस भिडिओलाई सेयर गरिरहेका छन्। केहीले यो घटनालाई नखडा भनिरहेका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्