नेकपाले टुङ्ग्यायो उम्मेदवार, बाग्लुङमा भने राजमोलाई साथ

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले आफ्ना उम्मेदवारहरु टुङ्ग्याएको हो । जसअनुसार कास्की २ प्रतिनिधिसभाका लागि पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार छानेको छ । प्रदेशसभाअन्तर्गत दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क)मा देवीप्रसाद ढकाल उम्मेदवार बनेका छन् ।

यसैगरी बागलुङ २ (ख)मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । त्यस्तै, धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस्