नेपाल पुलिस क्लब पूर्वाञ्चल गोल्डकपको क्वाटरफाइनलमा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाल पुलिस क्लब झापामा जारी पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

डोमलाल राजवंशी रंगशालामा पुलिसले झापा ११ लाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । पुलिसका लागि सुमन लामा र सौजन याख्खाले गोल गरे ।

झापा ११ ले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि अग्रता भने पुलिसले लियो ।

दोस्रो हाफको १४औँ मिनेटमा पुलिसका सौजनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको २९औँ मिनेटमा झापा ११ का कप्तान योगेश गुरुङले गोल गरेर टिमलाई खेलमा फर्काउने प्रयास गरे ।

खेलको म्यान अफ दी म्याच पुलिसका सौजन याख्खा घोषित भए । उनले नगद १० हजार पाए ।

प्रतियोगिताको विजेताले १२ लाख ५० हजार रुपैयाँ जित्नेछ भने दोस्रो हुने टिमले ६ लाख २५ हजार हात पार्नेछ ।

२५ गतेसम्म संचालन हुने प्रतियोगितामा त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलसँगै सिक्किमको आक्रामक फुटबल क्लब, मोलवे आसाम खेल्नेछन् ।

त्यस्तै आयोजक जायन स्पोर्टस क्लब, संकटा, रुपन्देहीको गोर्खा ब्वाइज, झापा एघार र हिमालयन शेर्पा क्लबको सहभागि छन ।


प्रतिक्रिया दिनुहोस्