उपनिर्वाचनको लागि नेकपाले छान्यो उम्मेदवार (सूचीसहित)

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौंं । मंसिर १४ गते हुन लागेको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले उम्मेदवार छनोट गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली , भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउँने निर्णय भएको छ ।

यस्तै धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेद्धवार बनाउँने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

मंसिर १४ मा विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्