भारतीय बाबा रामदेवले नेपालमा यसैहप्ता टेलिभिजन खोल्दै, उद्घाटनमा प्रधानमन्त्री देउवा जाने

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : १३


भारतीय योग गुरु बाबा रामदेवले नेपालमा टेलिभिजन स्थापना गर्ने भएका छन्।

रामदेवको स्वामित्वको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जानकारी दिएको छ।

यी दुई टेलिभिजनको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा गर्ने तय भएको छ।

उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन्। सो क्रममा रामदेवसहित, आचार्य बालकृष्णभारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्