प्रदेश प्रमुख हटाएर सरकार सर्वसत्तावादतर्फ जान खोज्यो : रामचन्द्र पौडेल

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : २५


काठमाडौं । तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख सरकारले पदमुक्त गरेपछि काँग्रेसले आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले सरकारले प्रदेश प्रमुखलाई पदमुक्त गरेर एकलौटी शासनको अभ्यास गर्न खोजेको आरोप लगाउँनु भएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा बरिष्ट नेता पौडेलले लेख्नु भएको छ, 'प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावादतर्फ जाने कोशिष हो ।'

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गर्नु भएको हो । 
 


प्रतिक्रिया दिनुहोस्