अर्जेन्टिना पाँच खेल अगावै विश्वकप फुटबल प्रतियोगिताको लागि छनोट भयो

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ३३


दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना पाँच खेल खेल्न बाँकी रहँदै आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेले पनि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो।

अन्य खेलमा बोलिभियाले उरुग्वेलाई तथा इक्वेडरले चिलीलाई पराजित गरेपछि अर्जेन्टिना शीर्ष चारमा रहने पक्का भएको हो। यससँगै अर्जेन्टिनाले ५ खेल अगावै विश्वकपमा स्थान पक्का गर्‍यो।

अंकतालिकामा अहिले ब्राजिल ३५ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा २९ अंक भएको अर्जेन्टिना छ। यी दुवै टोली बाँकी खेल खेल्न अगावै विश्वकपको लागि छनोट भएका हुन्।


प्रतिक्रिया दिनुहोस्