बलिउड फिल्म क्वाथामा नेपाली अभिनेता सुनिल थापा

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : ४४


काठमाडौँ । राते काईँलाका रुपमा परिचित नेपाली फिल्मका चर्चित अभिनेता सुनिल थापाले बलिउड फिल्ममा पनि स्थान पाएका छन्।

उनी पछिल्लो पटक बलिउड फिल्म क्वाथामा पनि देखिने भएका छन्। अक्टोबर अन्तिमबाटै उक्त फिल्म छायांकनमा जाने चलचित्र युनिटले जनाएको छ। 

मणिपुर राज्यको एक गाउँको सत्य कथामा आधारित उक्त फिल्ममा रुपमा कट्रिना कैफकी बहिनी इसाबेल कैफ र सलमान खानका ज्वाईँ आयुष शर्माको मुख्य भूमिका रहने छ। 

सन् २०२० मा प्रदर्शन गर्ने तयारी गरिएको यस फिल्मलाई करन भुटानीले निर्देशन गर्दैछन्।

थापाले पाँच वर्षअघि प्रदर्शनमा भएको  बलिउड चलचित्र 'मेरी कोम'मा कोच नर्जित सिंहको रुपमा अभिनय गरेका थिए। उक्त चलचित्रमा  प्रियंका चोपडाको मुख्य भूमिका रहेको थियो। उनले एक दुजे के लिए, मानव हत्याु,आज कि आवाज, मनु द ग्रेटलगायतका बलिउड फिल्ममा काम गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस्