कस्तो छ आजको मौसम ?

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ०५


काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।


प्रतिक्रिया दिनुहोस्