सबै प्रदेशका प्रदेश प्रमुख एकैसाथ पदमुक्त

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : ४९


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गर्नु भएको हो । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते प्रदेश नम्बर १ मा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश नम्बर  ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रमुखमा नियुक्त गरेको थियो ।

पदमुक्त भएसँगै सरकारले अब नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्