गमगढीका आगलागी पीडितलाई रेडक्रस मुगुको सहयोग

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : ४५


मुगु । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत सहयोग गरेको छ ।

सोमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन ।

खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए ।


प्रतिक्रिया दिनुहोस्