बसको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


कैलाली । कैलालीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन्।

मोटरसाईकलमा सवार घोडाघोडी नगरपालिका १० का रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।  

पश्चिमबाट पूर्व जादै गरेको पिकनीक बसले रोड क्रस गर्ने बेला मोटरसाईकलालई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्