‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन गोविन्दा नेपाल आउँदै

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौँ । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । उनी कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिएको थियो । महोत्सवका लागि गोविन्द नेपाल आउनतय भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । महोत्सव उद्घाटन दिन अर्थात कात्तिक २१ गते बिहान गोविन्द बीरगञ्जमा आइपुग्ने आकाशको भनाई रहेको छ ।

गोविन्दाले कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिने आकाशले जानकारी दिए । गोविन्द गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् ।

त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् । महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।


प्रतिक्रिया दिनुहोस्